दुव्र्यवहार गर्नेलाई कारवाही गर्न बाँकेका अधिकारकर्मीको माग

    • स्वास्थ्य पेज

  • २० माघ २०७७, मंगलवार

नेपालगन्जः बाँकेका अधिकारकर्मीहरुले भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा नर्सहरुमाथि भएको दुव्र्यवहार घटनामा ध्यानाकर्षण भएको भन्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

ज्ञानेन्द्र शाही सहितको समूहले सोमवार अस्पतालका चिकित्सक र नर्सिङ्ग स्टाफ माथि दुव्र्यवहार गरेका थिए । मंगलवार नेपालगन्जमा बसेको अधिकारकर्मीहरुको बैठकले घटनामा संलग्नमाथि कारवाहीको माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि एक दर्जन अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रवेश गरी अमर्यादित क्रियाकलाप र दुव्र्यवहार गरेको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । घटनामा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गर्दछौं ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech