भेरी अस्पतालले भन्यो -`हातपात गर्नेहरु माथि कारबाही होस्´

    • स्वास्थ्य पेज

  • २० माघ २०७७, मंगलवार

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा चिकित्सक तथा नर्सिङ स्टाफमाथी हातपात र दुव्र्यवहार गर्नेहरुको पहिचान गरि कानुनी कारबाही गर्न अस्पताल बिकास समितीले माग गरेको छ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसहित ८/१० जना युवाहरु सोमबार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथी हातपात र दुव्र्यवहार गरेका थिए ।

शाही अस्पतालका मेसु डा प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदीसहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गरेका थिए ।

नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथी हातपात र दुव्र्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।

अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, धनराम वलि , सरस्वती मल्ल र मेसु डा प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको हो।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech