कोरोना संक्रमणबाट दाङका ६६ वर्षका पुरुषको नेपालगन्जमा मृत्यु

    • स्वास्थ्य पेज

  • २० माघ २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ दाङका ६६ वर्षका पुरुषको मंगलवार विहान १ः १८ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका उनी पुष १३ गते दिउँसो अस्पतालमा भर्ना भएका थिए । योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतक संख्या ८८ पुगेको छ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech