भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफमाथि भएको हातपातको चिकित्सक संघद्धारा निन्दा, दोषीमाथि कारवाहीको माग

संघले स्वास्थ्यकर्मीमाथि हुने अपराधिक क्रियाकलापहरु यथाशिघ्र बन्द गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गर्न संघले माग गरेको छ । चिकित्सक एवं स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको लागि नेपाल चिकित्सक संघ भेरी शाखा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी संघले दिएको छ ।


    • स्वास्थ्य पेज

  • २० माघ २०७७, मंगलवार

नेपालगन्जः नेपाल चिकित्सक संघ भेरी शाखाले भेरी अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ माथि गरेको दुव्र्यवहार तथा हातपातप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा बिनोद कर्णले सोमवार साँझ विज्ञप्ति जारी गरेर अस्पतालमा भएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै त्यहाँ पुगेका युवाहरुले फिजिसियन डा विपिन आचार्य, नर्स देवा जिसीसहित तीन जना नर्सहरुलाई दुव्र्यवहार गरेका हुन् । डा आचार्यमाथि उनीहरुले हातपात समेत गरेका थिए । अस्पतालको नर्सिङ स्टेशनमा सोमवार ११ बजेतिर केही युवाहरु पुगे । जुम्लाको एकजना विरामीको बिषयलाई लिएर ती युवाहरुले नर्सिङ स्टाफहरुलाई जथाभावी बोल्न थाले । राउण्ड सक्काएर स्टेशनमा रेस्ट गरिरहेका डा आचार्यले ती युवाहरुलाई सम्झाउँन खोज्दा कठालो समातेर हातपात गरेका थिए ।

वर्तमान विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ को समेत कुनै प्रवाह नगरी आफ्नो चिकित्सकीय मर्यादा पालना गर्दा गर्दै चिकित्सक र नर्सिङ कर्मचारीलाई नै हातपात गर्ने प्रवृतिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको संघका अध्यक्ष कर्णद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

संघले स्वास्थ्यकर्मीमाथि हुने अपराधिक क्रियाकलापहरु यथाशिघ्र बन्द गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गर्न संघले माग गरेको छ । चिकित्सक एवं स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको लागि नेपाल चिकित्सक संघ भेरी शाखा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी संघले दिएको छ ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech