पछिल्लो २४ घण्टामा कोरोना मृत्युदर शुन्य

    • स्वास्थ्य पेज

  • १९ माघ २०७७, सोमबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech