भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफमाथि हातपात

    • स्वास्थ्य पेज

  • १९ माघ २०७७, सोमबार

तस्विर : फाइल

नेपालगन्जः भेरी अस्पतालका चिकित्सकसहित नर्सिङ स्टाफमाथि हातपात भएको छ । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै त्यहाँ पुगेका युवाहरुले फिजिसियन डा विपिन आचार्य, नर्स देवा जिसीसहित तीन जना नर्सहरुलाई दुव्र्यवहार गरेका हुन् । डा आचार्यमाथि उनीहरुले हातपात समेत गरेका छन् ।

अस्पतालको नर्सिङ स्टेशनमा सोमवार ११ बजेतिर केही युवाहरु पुगे । जुम्लाको एकजना विरामीको बिषयलाई लिएर ती युवाहरुले नर्सिङ स्टाफहरुलाई जथाभावी बोल्न थाले । राउण्ड सक्काएर स्टेशनमा रेस्ट गरिरहेका डा आचार्यले ती युवाहरुलाई सम्झाउँन खोज्दा कठालो समातेर हातपात गरेका थिए ।

‘कोरोनाबाट भरखरै मुक्त भएर म नियमित डिउटीमा खटिएको थिए डा आचार्यले स्वास्थ्य पेजलाई भन्नुभयो–‘राउण्ड सक्काएर नर्सिङ स्टेशनमा आराम गरिरहेको थिए, नर्सहरुमाथि दुव्र्यवहार गर्न खोज्दा सम्झाउँदै थिए उल्टै ममाथि आक्रमण नै गरे ।’ त्यही समयमा ज्ञानेन्द्र शाही अस्पतालका मेसु डा प्रकाश थापाको कार्यकक्षमा बसेर अस्पतालको अवस्था र सुधारका विषयमा छलफल गरिरहेका थिए । तर शाहीले भने आक्रमण गर्ने व्यक्ति आफ्नो समूहको नभएको दावी गरेका थिए ।

‘ज्ञानेन्द्र जीले आफ्नो मान्छेले आक्रमण गरेको होइन बरु दोषीलाई कारवाहीको लागि सघाउने बताउनुभयो मेसु डा थापाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अस्पतालभित्र डिउटीमा खटिएको चिकित्सक र नर्समाथिको आक्रमण र दुव्र्यवहार सहन सकिदैन् ।’ प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech