नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका १४ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भेरी अस्पतालमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो ।
योसँगै भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।