दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

सुर्खेतः दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि उनलाई माघ ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

सोही दिन प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।रोगको प्रकृति अनुसारका सबै विधि अपनाएर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३० पुगेको कँडेलले बताउनुभयो ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech