चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

काठमाडौः चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ ।

‘चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको दूतावासले जनाएको छ ।चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो ।यो खोपले चीनमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ, तर नेपालमा दर्ता भएको छैन ।

सिनोफर्मको खोप नेपालमा दर्ता गर्न नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको समेत दूताबासले जनाएको छ । यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech