कोरोना विद्धको खोप लगाउनेको संख्या ८८ हजार ७ सय पुग्यो

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

काठमाडौंः कोभिड १९ विरुद्धको खोप अभियानको पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका छन्।

पाँचौ दिनसम्ममा प्रदेश १ मा १२ हजा।र ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समुहमा पर्ने व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुले अबको पाँच दिन भित्र खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

जसका लागि स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech