तीन दिनका लागि नेपालगन्जका सम्पूर्ण विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

नेपालगन्जः अत्याधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ ।

केहीदिन देखि नेपालगन्जमा अत्याधिक चिसो बढेको छ । शितलहर र चिसो हावाले बालबालिकाहरुलाई सकस पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार चिसोका कारण सोमबारदेखि माघ २१ गते बुधबारसम्म उपमहानगरभित्रका सामुदायिक, संस्थागत र धार्मिक सम्पूर्ण विद्यालय बन्द गर्न परिपत्र गरेको छ ।

मौसम अनुकुल भइ घाम लागेको खण्डमा २२ गते विद्यालय सञ्चालन हुने र घाम नलागेको खण्डमा २३ गते शुक्रबारसम्म विद्यालय बन्द रहने नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

 

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech