कोभिड-१९ विरुद्धको खोप अभियान:६४ हजार बढीले खोप लगाए

    • स्वास्थ्य पेज

  • १७ माघ २०७७, शनिबार

काठमाडौं: कोभिड-१९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजार बढीले खोप लगाएका छन्।

शनिबार ७७ जिल्लाका १ सय ४३ खोप बुथहरुबाट १४ हजार ८ सय ९४ जनाले खोप लगाएपछि हालसम्म खोप प्राप्त गर्नेहरुको कुल संख्या ६४ हजार ४२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३ बजेसम्म प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका छन्।

यसैबिच मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सन्चार माध्यामहरुमा प्रकाशन भएको समाचारप्रति ध्यानआकर्षन भएको जनाएको छ ।

केही सन्चार माध्याममा “दोलखामा कोरोना खोप लगाएपछि धमाधम विरामी” भन्ने शिर्षकमा समाचार आएको र त्यहाँ बुझ्दा कुनैपनि जटील समस्या नदेखिएको भन्दै मन्त्रालयले खोप सम्बन्धी समाचार बनाउदा आधिकारीक श्रोत र पुष्टि नभएसम्म त्यस्ता समाचार प्रकाशन र प्रसारण नगरिदिन सम्पुर्ण सन्चार माध्यामहरुलाई आग्रह समेत गरेको छ ।

खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको हुने र हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको हो। खोप अभियानमा खोप लगाउनुपर्ने सबै लक्षितवर्गलाई ढुक्क भएर खोप लगाउन मन्त्रालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech