ईयूले युरोपमा बनेका कोरोनाविरुद्धको खोप निर्यातमा नियन्त्रण गर्ने

    • स्वास्थ्य पेज

  • १७ माघ २०७७, शनिबार

बीबीसीः युरोपेली सङ्घ ९ईयू०ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धको खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेको छ ।

तीमध्ये कोभ्याक्सका लागि खोप दान दिने, गरिब देशका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, नर्बे र उत्तर अफ्रिकाका देशहरु रहेका छन् । भूमध्यसागरीय देशहरू लेबनन र इजरायल पनि प्रतिबन्धमा नपरेका बीबीसीले जनाएको छ । तर यो निर्णयबाट बेलायत, क्यानडा, अमेरिका अष्ट्रेलियालगायतका एक सय बढी देश भने प्रभावित हुनसक्ने बीबीसीले जनाएको छ ।

खोप वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा परेको तथा अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबाब बढेसँगै ईयूले यस्तो निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech