कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार भन्दा कम

पछिल्लो २४ घण्टामा तीन सय ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • १७ माघ २०७७, शनिबार

काठमाडौंः नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या तीन हजार भन्दा तल झरेको छ । नयाँ सङ्क्रमण पुष्टि हुनेको संख्या कम र निको हुनेको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।

अहिले नेपालमा दुई हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ४४ जना आईसीयू र २५ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । बाँकी आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार छ सय १८ जनाको पीसीआर परिक्षण गर्दा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार आठ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech