एकै डोजमा प्रभावकारी हुने कोरोना भ्याक्सिन

    • स्वास्थ्य पेज

  • १७ माघ २०७७, शनिबार

बेल्जियमः तेस्रो चरणको किल्निकल ट्रायलमा रहेको जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको भ्याक्सिनको एउटै डोजले व्यक्तिलाई अस्पताल भर्ना हुन र ज्यान गुमाउनबाट जोगाउने दाबी निर्माताहरुले गरेका छन्।

कम्पनीले शुक्रबार दिएको जानकारीअनुसार यो भ्याक्सिनको एउटा डोजमात्र लगाएपनि व्यक्ति कोरोना संक्रमणका कारण सिकिस्त हुनबाट बच्नेछन्।

बेल्जियममा रहेको जोन्सेन फार्मास्युटिकल्ससँग मिलेर भ्याक्सिन निर्माण गरेको जोन्सन एण्ड जोन्सनले आगामी साता अमेरिकाको खाद्य तथा औषधी विभागमा प्रयोगको अनुमतिका लागि आवेदन दिने भएको छ। स्वीकृत भएमा यो अमेरिकामा प्रयोगका लागि स्वीकृति पाउने कोरोनाविरुद्धको तेश्रो भ्याक्सिन हुुनेछ।

अहिले अमेरिकामा फाइजर र मोडेर्नाका भ्याक्सिन वितरण भइरहेको छ। अहिलेसम्म अमेरिकामा झण्डै ५० मिलियन भ्याक्सिनका डोज डेलिभर भइसकेको छ। २१ मिलियनभन्दा बढीले भ्याक्सिन लगाइसकेका छन्। दुईवटै डोज लगाउनेको संख्या पनि ४ मिलियन नाघिसकेको छ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech