कोरोना अपडेटः संक्रमितको संख्या घट्यो, डिस्चार्ज हुने क्रम बढ्यो

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

काठमाडौंः नेपालमा थप १ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । परीक्षण दर घटेपछि संक्रमितको संख्यापनि घट्दै गएको हो । हालसम्म २ लाख ७० हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ३३ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २ हजार २५ पुगेको मन्त्रालयले जनाएको हो ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech