देउराली जनता फर्मास्युटिकल्स ३१ औं वर्षमा प्रवेश

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

काठमाडौंः देउराली जनता फर्मास्युटिकल्स ३१औं वर्षमा प्रवेश गरेको छ।

कम्पनीले ३१औं वर्ष प्रवेशको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै तीन दशकको यात्रामा सहयोग गर्ने विभिन्न सरकारी र स्थानिय निकायका पदाधिकारीहरु, चिकित्सकहरु, औषधी व्यवसायिहरु, कम्पनीका व्यवसायीक साझेदारहरु, स्वास्थ्यसंग सम्बन्धित विभिन्न निकायका पदाधिकारीहरु लगायतमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको छ ।

कम्पनीले गुणस्तरीय औषधि उत्पादनका लागि कुनै सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ। कम्पनीले औषधि उत्पादनको क्षेत्रमा अन्र्तराष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित गरी अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीता कायम गर्दै नेपालमा पहिलो ISO-9001; ISO-14001 का प्रमाणपत्रहरु प्राप्त गरेको छ ।

कम्पनीले आफ्नो अत्याधुनिक प्रविधिको प्रयोग गर्दैे अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने Capsule, Tablet, Liquid, Ointment, Dry Powder  लगायतका ३३० प्रकारका औषधिहरु उत्पादन गरिरहेको छ ।

औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन कम्पनी प्रयत्नशील रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने फाबिर–२०० ट्याबलेट पनि उत्पादन गरेको छ। कम्पनीमा बिभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५०० जना कर्मचारीहरु  कार्यरत  छन् ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech