कोरोना विरुद्धको खोप लगाउनेको संख्या ४६ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

काठमाडौंः कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा ४६ हजार बढीले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ। यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

 

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech