जेसीजद्धारा आयोजित रक्तदानमा ५५ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

कोहलपुरः बाँकेको कोहलपुर जेसीज वर्ष २०२१ ले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।

कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम रक्त सञ्चार ईकाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सासोईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले यूवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि सक्रिय रहेको जेसीजले सामाजिका कार्यहरुलाई विशेष जोड दिएकोमा खुशि व्यक्त गर्नुभयो ।

उहाँले रगत अभावकै कारण कसैको जीवनमा कुनै समस्या नआउनका लागि जेसीजले रक्तदान कार्यक्रमको आयोजना गर्नु राम्रो भएको बताउँदै जेसीजसँग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले सहकार्य गरिरहेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताउनुभयो ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech