कोरोना भाइरस संक्रमणबाट सिनियर अनमी रमा भारतीको निधन

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा शुक्रबार एकजना सिनियर अनमीको निधन भएको छ । बैजनाथ गाउँपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको बाँकेका सिडियो रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना हुनुभएको थियो । रोगको प्रकृतिअनुसार उपचारका क्रममा उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज विहान ५ः२७ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

कोभिड माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दा गर्दै भाइरस संक्रमित भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको भन्दै सिडियो कुरुम्वाङले दुःख व्यक्त गर्नुभएको छ ।

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीको धर्मपत्नि हुनुहुन्छ । भारतीको शवलाई बर्दिया लगिएको छ। उहाँको मगरागढीमा घर रहेको छ। जब्दीघाटमा दाहसंस्कार गर्ने घरपरिवारले बताएका छन्।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech