बेलौरी नगरपालिकामा दुई दिने निःशुल्क आँखा शिविर

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ३ मा आज शुक्रबारसम्म चल्ने दुई दिने आँखा शिविरमा पहिलो दिन विहीबार १ सय ३९ जनाको आँखा जाँच गरिएको सो वडाका सचिव श्याम कुमार रानाले बताउनुभयो ।

उहाँका अनुसार २६ जनालाई चश्मा प्रदान गरिएको छ भने १९ जनालाई शल्यक्रियाका लागि धनगढीको धनगढी नेत्रालय रेफर गरिएको छ ।

त्यस्तै विहीबार नै उक्त वडाका ७० वर्ष उमेर माथिका ७२ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा पनि वितरण गरिएको सचिव रानाले बताउनुभयो । दुई दिने निःशुल्क शिविर अन्तर्गत आज पनि आँखा जाँच गरिने छ ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech