भारतद्धारा छिमेकी देशहरुमा ५५ लाख डोज खोप सहयोगको घोषणा

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

काठमाडौंः भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ ।

एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको भनाइ छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गर्नु भएको छ । उहाँले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिनुभएको छ । तर पहिलो जिम्मेवारी भने छिमेकीहरुप्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech