पछिल्लो २४ घण्टामा नेपालमा २१३ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ माघ २०७७, बिहीबार

काठमाडौंः
पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८ सय ६० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल १ सय १३ जना क्वारेन्टाइनमा छन्।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech