इन्टिग्रिटी आईडल जनस्वास्थ्य निरीक्षक आरती चौधरी सम्मानित

    • स्वास्थ्य पेज

  • १५ माघ २०७७, बिहीबार

नेपालगन्जः नेपालगञ्ज उपमहानगरपालिकाले इन्टिग्रिटी आईडल–२०२० का विजेता जनस्वास्थ्य निरीक्षक आरती चौधरीलाई सम्मान गरेको छ । आफ्नो नगरसभामा उपमहानगरपालिकाले चौधरीलाई सम्मान गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारु इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित हुनु भएको थियो ।

भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमान्दार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु गरिएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा, विश्वका १२ वटा देशमा विस्तारित भइसकेको छ ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech