दोस्रो चरणमा खोप ल्याउन तयारी पुरा

खोप ल्याउने प्रक्रिया अगाडि बढिसकेको र चाडै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भैसकेको छ ।


    • स्वास्थ्य पेज

  • १५ माघ २०७७, बिहीबार

काठमाडौं:  नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएपछि सरकारले दोस्रो चरणमा खोप ल्याउन तयारी अगाडी बढाएको छ । खोप ल्याउने प्रक्रिया अगाडि बढिसकेको र चाडै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भैसकेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ गर्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने विश्वास दिलाउनु भएको छ ।

सरकारले अब दोस्रो चरणका लागि ल्याउन लागेको खोपको मूल्यभने निर्धारण भैसकेको छैन । यसैबिच पहिलो चरणको खोप अभियान अन्र्तगत बुधबार खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजो ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप लगाएका थिए ।हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन सुरु गरिएको थियो । यस्तै, लुम्बिनी प्रदेशका केही जिल्ला र सुदूरपश्चिमको बाजुरामा पनि हिजो खोप लगाउन सुरु भएको थिएन ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech