कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो दिन:९ हजार बढीले खोप लगाए

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

काठमाडौं: देशभर एकसाथ सुरु भएको कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो दिन ९ हजार बढीले कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको जानकारी दिएको हो ।

खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech