तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोपः प्रधानमन्त्री ओली

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने विश्वास दिलाउनु भएको हो ।

ओलीले भन्नुभयो, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ।’नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर अभियान सुरु भएको हो ।

त्यसपछि डा अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झासहितले खोप लगाएका छन्।

टेकु अस्पतालसँगै देशभर बुधबारदेखि अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन थालिएको हो।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech