कोरोनाविरुद्धको खोप अभियान आजदेखि, बाँकेमा पहिलो खोप भेरीका मेसुले लगाउने

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

नेपालगन्जः कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ ।

बाँकेमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले लगाउनु हुने भएको छ । बिहान साढे १० बजे शुरु हुने खोप अभियान अन्तर्गत आफूले पहिलो खोप लगाउने डाक्टर थापाले बताउनुभयो । उहाँले भेरी अस्पतालको केन्द्रमा खोप लगाउनुहुनेछ ।

खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले अस्पतामा हुने कार्यक्रममा पहिलो खोप लगाउन लागेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, अस्पतालका अन्य कर्मचारीलाई भाइरस विरुद्धको खोप दिन लागिएको हो । बाँकेमा पहिलो चरणको खोप अभियान अन्तगर्त पहिलो दिन आज भेरी अस्पतालका चारसय जनालाई खोप दिइने भएको छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech