जेसिस कोहलपुरद्धारा रक्तदान कार्यक्रमको आयोजना

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

कोहलपुरः जेसिस कोहलपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस कोहलपुरको प्राविधिक सहयोगमा बृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जेसिस कोहलपुरका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

रक्त संचार इकाइ नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आगामी शुक्रबार १६ गते बिहान साढे १० बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने छ । रगत अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उक्त रक्तदान कार्यक्रममा रगत दिएर अरुको ज्यान जोगाउने मानवीय कार्यमा सहभागी हुन उहाँले सबैलाई आग्रह पनि गर्नुभएको छ ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech