भेरी अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रलाई पितृ शोक

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रलाई पितृ शोक परेको छ । उहाँका ६९ वर्षीय वुवा शशिकुमार मिश्रको उपचारका क्रममा मंगलवार राती निधन भएको छ ।

लामो समयदेखि मृगौला रोडबाट पीडित उहाँको डाइलासिस हुँदै आएको थियो । योबीचमा उहाँलाई कोरोना भाइरस संक्रमण समेत भएको थियो । तर उहाँ कोरोना भाइरस संक्रमणलाई पराजित गर्न सफल हुनुभएको थियो ।

स्वास्थ्यमा समस्या बल्झिदै गएपछि माघ ११ गते उहाँलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राती १० बजेतिर उहाँको निधन भएको हो ।निधन भएका मिश्र नेपाल बैंक लिमिटेडका अवकास प्राप्त कर्मचारी समेत हुनुहुन्छ ।

नेपालगन्ज उपमहानगरपालिका १० आदर्शनगर निवासी मिश्रका श्रीमति, दुई छोरा र एक छोरी छन् । मिश्रको आजै अन्त्यष्टि गरिने छोरा मिश्रले जानकारी दिनुभयो ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech