कोभिड–१९ विरुद्धको खोपः बर्दियामा मध्यान्ह १२ बजेदेखि

    • स्वास्थ्य पेज

  • १३ माघ २०७७, मंगलवार

गुलरियाः बर्दियामा कोभिड–१९ विरुद्धको खोप भोलि बुधवार मध्यान्ह १२ बजेदेखि सुरु हुने भएको छ ।

बर्दिया अस्पताल गुलरियामा निर्धारण गरिएको खोप केन्द्रबाट खोप दिइने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्दियामा ४ हजार ३ सय ६० डोज खोप आएको छ । पहिलो चरणमा अग्रपंक्तीमा कार्यरत स्वास्थ्यकर्मि, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, एम्बुलेन्स शवबाहन चालक्, सरसफाईकर्मीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिइने छ ।

बर्दियामा १९ गतेसम्म यो अभियान चल्ने र १ हजार ९ सय ६२ जनालाई खोप दिइने छ ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech