बाँकेमा कोभिड–१९ विरुद्धको खोप लागि सम्पूर्ण तयारी पूरा

पहिलो चरणको खोप अभियान अन्तगर्त पहिलो दिन भेरी अस्पतालका चारसय जनालाई खोप दिइने


    • स्वास्थ्य पेज

  • १३ माघ २०७७, मंगलवार

नेपालगन्जः भोलि बुधवारदेखि देशव्यापी रुपमा सुरु हुन लागेको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि बाँकेमा सम्पूर्ण तयारी पूरा भएको छ ।

भेरी अस्पतालमा रहेको खोप केन्द्रमा विहान साढे १० बजे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले खोप लगाएर अभियानको सुरुवात गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, अस्पतालका अन्य (प्रशासनिक)कर्मचारीलाई भाइरस विरुद्धको खोप दिन लागिएको हो ।

बाँकेमा पहिलो चरणको खोप अभियान अन्तगर्त पहिलो दिन भोलि भेरी अस्पतालका चारसय जनालाई खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले स्वास्थ्य पेजलाई जानकारी दिएअनुसार, बाँकेमा विरुद्धको खोप अभियान ११ दिनसम्म चल्ने छ ।

११ दिनको अवधिमा ७ हजार ५ सय जनालाई कोभिड–१९ विरुद्धको खोप दिइने छ । बाँकेमा १७ हजार एक सय डोज खोप प्राप्त भएको कोल्ड चैन निरीक्षक गिरीले बताउनुभयो । उनीहरु सबैले भेरी अस्पतालमा रहेको खोप केन्द्रबाट खोप लगाउने छन् । खोप लगाउनका लागि बाँकेमा १० जना स्वास्थ्यकर्मीहरुलाई मंगलवार नेपालगन्जमा तालिम दिइएको छ ।

बाँकेमा यस्तो छ खोप तालिका

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech