बाँकेको खजुरास्थित सोनपुरमा निर्मित प्रसूति गृह हस्तान्तरण

    • स्वास्थ्य पेज

  • १३ माघ २०७७, मंगलवार

नेपालगन्जः खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा निर्मित प्रसूती गृह हस्तान्तरण गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसूती भवनको कागजपत्र आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. घनश्याम भट्टले खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष एकमाया विकलाई हस्तान्तरण गर्नुभएको हो ।

१८ लाख ४१ हजार लागतमा निर्मित प्रसूती भवनको मंगलवार उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष विकले सुरक्षित रुपमा सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरले टेवा पुग्ने बताउनुभयो । उहाँले वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण भएकोे भवन उपयोगी सिद्ध भएको उल्लेख गर्दै भिडियो एक्सरे लगायतका आवश्यक थप स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बद्ध सहयोगी दातालाई आग्रह गर्नुभयो ।

कार्यवाहक अध्यक्ष विकले स्थानीय सरकार र सहयोगी संस्थाको सहकार्य र समन्वयबाट अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. घनश्याम भट्टले देशभर ६० ठाउँमा यस्ता बर्थिङ सेन्टर निर्माण गरेको बताउनुभयो ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गर्नुभयो । भवरभवानी निर्माण सेवाले ५ महिनामा निर्माण सम्पन्न गरेको हो । नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसूती भवनको निर्माण गरिएको थियो ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech