कोभिडले स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ माघ २०७७, सोमबार

काठमाडौंः

कोरोना भाइरस (कोभिड-१९)का कारण स्वास्थ्‍य मन्त्रालयकै कर्मचारीको मृत्यु भएको छ। सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय कम्‍प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्‍यु भएको जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर , गोदावरी निवासी ५१ वर्षीय कम्‍प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठ ज्‍यूको मिति २०७७ माघ १२ गते चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान/ वीर अस्पतालमा कोभिड १९ संक्रमण भइ उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको छ। ‘

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech