पछिल्लो २४ घण्टामा कोरोनाले थप १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ माघ २०७७, सोमबार

तस्विर: फाइल

काठमाडौंः
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा २ हजार ११ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका ४ हजार ८ सय ५८ मध्ये ३ सय ३९ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा १ सय ३२ जना छन् भने ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech