१४ गते बिहान १० बजे कोभिड खोप अभियान सुरु हुने

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

काठमाडौंः
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिनुभएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिनुभएको हो ।

कोभिड–१९ विरुद्धको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने उहाँको भनाइ छ । मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ। माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाइ छ।

उनका अनुसार १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ। मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने बताए। पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले विश्वभर कोरोना विरुद्धको खोपको माग तिव्र रहेको समयमा सरकारको प्रयास र भारतको सहयोगले खोप प्राप्त भन्दै खोपको समुचित प्रयोग गरी खेर जान नदिने पनि बताउनुभयो ।

 

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech