पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

काठमाडौंः
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित छन्।

आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ४५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech