भेरी अस्पतालमा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ माघ २०७७, आईतवार

तस्विर : फाइल

नेपालगन्जः
भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भाइरस संक्रमणबाट मृत्यु हुनेमा शान्तिनगर–६ दाङका ६५ वर्षीय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेजमा स्वाव परीक्षण गरिएको थियो । दुई गते भाइरस संक्रमण पुष्टि भएका उनलाई त्यसैदिन भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दा गर्दै उनको शनिवार राती ११ः४५ बजे मृत्यु भएको फोकलपर्सन ओलीले बताउनुभयो । योसँगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ८६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech