पछिल्लो २४ घण्टामा २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० माघ २०७७, शनिबार

काठमाडौं:

पछिल्लो २४ घण्टामा २३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३८६ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार ३ हजार ४५२ जना आइसोलेसनमा छन् । १४७ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिएको छ ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech