कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि लुम्बिनी प्रदेशको संयोजकमा डा विकास देवकोटा

    • स्वास्थ्य पेज

  • १० माघ २०७७, शनिबार

नेपालगन्ज :
स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि लुम्बिनी प्रदेशको संयोजकमा डा विकास देवकोटालाई संयोजक तोकेको छ।

मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजकको जिम्मेवारी दिएको हो।

कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेल, डा तारानाथ पोखरेललाई  प्रदेश १, डा मदनकुमार उपाध्यायलाई प्रदेश २, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतमलाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको मन्त्रालयले जनाएको छ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खाेप अभियानका लागि तयारी, खाेप लगाउने व्यक्त्तिकाे नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि  सहजीकरण गर्नेलगायतकाे जिम्मेवारी दिइएकाे छ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ। उक्त खोपलाई मन्त्रालयले आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने  तयारी गरेको छ।

सरकारले ७७ जिल्लाबाट एकसाथ खोप अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ।

 

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech