अध्यन भन्छ- नयाँ प्रकारको कोरोना भाइरस अधिक घातक

    • स्वास्थ्य पेज

  • १० माघ २०७७, शनिबार

एजेन्सी:
बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको रुपान्तरित स्वरुप (नयाँ प्रकारको कोरोना भाइरस) धेरै खतरानाक रहेको प्रारम्भिक प्रमाणहरुले देखाएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको बताउनुभएको छ।

तर यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन्।

विकास भएका खोपहरुले नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखिएको अध्ययनले भनेको छ।

नयाँ प्रकारको कोरोना भाइरस तीव्र गतिमा फैलिने खालको छ। पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको प्रधानमन्त्री जोन्सनले बताउनु भएको हो।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech