प्रख्यात नेत्र विशेषज्ञ डा .रुइत लगायत दुई नेत्र विशेषज्ञलाई भिजन एक्सलेन्स अवार्ड

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

काठमाडौं ९, माघ ।

प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायत दुई नेत्र विशेषज्ञलाई भिजन एक्सलेन्स अवार्डबाट सम्मान गरिएको छ ।

डा.सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्रा.डा.रामप्रसाद पोख्रेल र डा.गोपालप्रसाद पोख्रेललाई आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट सम्मान गरिएको नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतनाथ पन्तले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति रामवरण यादवले तीन विशेषज्ञ चिकित्सकहरुलाई उक्त अवार्डबाट सम्मान गर्नुभएको हो । नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँहरुलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

अवार्ड प्राप्त गर्न सफल डा.रामप्रसाद पोखरेल नेपाल आँखा अस्पताल र नेत्रज्योती संघका संस्थापक अध्यक्ष हुनुहुन्छ । यस्तै डा.गोपाल प्रसाद पोखरेल नेपाल आँखा अस्पतालका अध्यक्ष हुनुहुन्छ ।

सम्मानित प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत तिलगंगा आँखा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक हुनुहुन्छ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech