कोरोना विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुन्छ: प्रधानमन्त्री ओली

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

काठमाडौं ९, माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरिने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलको २०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगेको समेत बताउनुभयो ।

उहाँले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी धन्यवादको पात्र भएको उल्लेख गर्दै पहिलो चरणमा अग्रभागमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताउनुभयो ।

बिहिबार भारतले नेपाललाई १० लाख डोज खोप कोभिशिल्ड अनुदानमा उपलव्ध गराएपछि अब खोप अभियान सुरु हुदैछ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech