कोरोना अपडेटः थप सात जनाको मृत्यु, ३०२ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

काठमाडौं ९, माघ ।

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका तीन हजार ५४५ मध्ये ३०२ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६८ हजार ९४८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ ।

हाल क्वारेन्टिनमा १५८ जना छन् भने तीन हजार ६१४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech