राप्तीसोनारीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, खजुरा र नरैनापुरमा पनि सञ्चालनको तयारी

आरोग्य केन्द्रमा दैनिक विरामी परीक्षण हुनेछ । आयुर्वेद निशुल्क वितरण गरिने छ । जिल्लामा थेरापी सुविधासमेत दिने गरिएको छ ।


    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

नेपालगन्ज ९, माघ ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले बाँकेको तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्ने योजना अनुसार शुक्रबार राप्तीसोनारीमा केन्द्र सञ्चालनमा ल्याएको हो । नरैनापुर र खजुरा गाउँपालिकामा पनि केन्द्र सञ्चालनको तयारी भइरहेको छ ।

प्रदेश सरकार, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । आरोग्य केन्द्रको शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष थारुले जडीबुटीबाट बनेका औषधीलाई नागरिक समक्ष पु¥याउन आयोग्य केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । ‘पहिला–पहिला जडीबुटीबाट बनेका औषधी नै प्रयोग हुन्थे, यस्ता औषधीले साइड इफेक्ट गर्दैन भन्ने मलाई लाग्छ, अध्यक्ष थारुले भन्नुभयो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीले आयुर्वेदप्रति जनताको रुची बढेको बताउनुभयो । आयुर्वेद केन्द्रले यसअघि त्यहाँ गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको थियो । उहाँले भविष्यमा योगलगायतको सेवा दिने बताउनुभयो ।

डा चौधरीका अनुसार, गाउँघर क्लिनिक हुँदा ५ प्रकारका रोगको औषधी दिने गरिएको थियो । अब सबै किसिमको औषधी उपलब्ध गराइने छ । आरोग्य केन्द्रमा एकजना कविराज नै खटाइएको छ ।

आरोग्य केन्द्रको उद्घाटनमा गाउँपालिकाका उपप्रमुख धनीकुमारी खत्री, वडा नं. ९ का अध्यक्ष महावीर वलीलगायतले आरोग्य केन्द्र सञ्चालनमा आएकाले यस क्षेत्रका जनतालाई जडीबुटी औषधीमा पहुँच बढेको बताउनुभयो । आरोग्य केन्द्रमा दैनिक विरामी परीक्षण हुनेछ । आयुर्वेद निशुल्क वितरण गरिने छ । जिल्लामा थेरापी सुविधासमेत दिने गरिएको छ ।

 

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech