बालरोग विशेषज्ञ डा अग्नी व्रत क्षेत्रीको निधन

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

नेपालगन्ज ९, माघ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा अग्नी व्रत क्षेत्रीको निधन भएको छ। उहाँको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो।

नेपाल चिकित्स संघले डा क्षेत्रीको मुटुरोगको कारण निधन भएको जनाएको छ। चिकित्क संघका महासचिव डा बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य रहेका डा क्षेत्रीको निधनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा क्षति पुगेकोे उल्लेख गर्नुभएको छ ।

संघले मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्ति गरेको छ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech