नेपालगन्ज ९, माघ ।
कोरोना भाइरस संक्रमीत एकजना पुरुषको मृत्यु भएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत भेरीगंगा नगरपालिका- ९ सुर्खेतका ७१ बर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
यो संगै उपचारका लागि बाँके ल्याइएका बाहिरी जिल्लाका ८५ जना संक्रमितको मृत्यु भएको छ ।