कोरोना भाइरसविरुद्धको अभियानका लागि वाइडेनको आक्रमक रणनीति

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

एजेन्सी

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति जे बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताउनुभएको छ । तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उहाँले बताउनुभयो ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि अकास्मिक कानून लागु गरिने भएको छ ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोरोना भाइरसविरुद्धको प्रयासका लागि कमजोर काम गरेको भन्दै आलोचना हुँदै आएको थियो । ट्रम्प प्रशासनको नीति विपरित बाइडनेले महामारीविरुद्धको अभियानका लागि राष्ट्रिय रणनीति तय गर्नुभएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कोभिड–१९ का कारण चार लाख ८ हजार भन्दा बढिको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा दुई करोड ४५ लाख ५२ हजार भन्दा बढि संक्रमित भएका छन् ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech