कर्णालीको हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

हुम्ला ८, माघ ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला बिहीबारबाट कोरोना संक्रमण मुक्त भएको छ। यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको हो।

एकजना सिटिजन्स बैंकका महिला कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउदा हुम्ला जिल्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोज ३ गएयता जिल्ला भरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या शुन्यमा झरेको हो।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech