निशुल्क स्वास्थ्य जाँच शिविरः बालबालिकामा रगतको कमी

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

नेपालगन्ज ८, माघ ।
नेपालगन्जको आदर्श माविमा निशुल्क स्वास्थ्य जाँच शिविर सुरु भएको छ । बालबालिकाहरुको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विद्यालयको सहयोगमा ओलस्का रामारोशन मेडिकलको आयोजनामा स्वास्थ्य जाँच गरिएको मेडिकलका संचालक सन्तोष साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शिविरमा बालबालिकाको उचाइ, तौल, मुटुको चाल, अक्सिजनको लेभललगायतको जाँच गरिने छ । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा विष्णु थापाले बालबालिकाको स्वास्थ्य अवस्था जाँच गर्नुभएको छ ।

अहिलेसम्म स्वास्थ्य जाँच गरिएका बालबालिका मध्ये रगतको मात्रा कमी, उमेर अनुसार उचाइ र तौल नभएको बढी देखिएको डा थापाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । सबै बालबालिकाको स्वास्थ्य जाँच आज नसकिए भोलि पनि शिविर चल्ने संचालक साहले बताउनुभयो ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech